१२ लाख ४३ हजार बढि रकमसहित १५ जुवाडे पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - भक्तपुरमा जुवा तास खेल्ने १५ जना पक्राउ परेका छन् ।

गए राती भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडाल पुरी गाउँका मणिराम पुरीको घरमा जुवा तास खेलिरहेका १५ जना पक्राउ परेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनीहरूको साथबाट दुई बुक ताससहित १२ लाख ४३ हजार सात सय ८० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया