बसको ठक्करबाट दुई जनाको मृत्यु, आठ घाइते

४ बर्ष अगाडि

काठमाडौं - मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी नजिक बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । आठ जना पैदल यात्रु घाइते भएका छन् ।

बसको ठक्करबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीका २० वर्षका सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षका प्रेमबहादुर सिंह ठकुरीको ज्यान गएको प्रहरीले जनाएको छ । 

घाइते आठ जनामध्ये पाँच जनाको चुरेहिल अस्पताल र अरू तीन जनाको चितवनमा उपचार गरी सात जना डिस्चार्ज भएका छन् । एक जनाको चितवनमा उपचार भइरहेको छ । घटनापछि बसमा आगजनी भएको छ ।

हेटौंडाबाट नारायणगढका लागि छुटेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया