काठमाडौं - रोजगार अनुमति प्रणाली (ईपीएस) खुल्ने भएको छ । कोरोना महामारीका कारण दुई वर्ष देखि बन्द रहेको ईपीएस मङ्सिरदेखि खुल्ने भएको हो ।
यो सँगै ईपीएस मार्फत रोजगारीका लागि नेपाली कामदार दक्षिण कोरिया जान सक्नेछन् । आउँदो नोभेम्बर अर्थात् मंसिरदेखि ईपीएस प्रक्रिया खुला गर्न दक्षिण कोरियाले अनुमति दिइसकेको बताइएको छ ।
दक्षिण कोरियाले ईपीएसमार्फत विभिन्न १६ राष्ट्रबाट कामदार लैजादै आएको छ । उक्त १६ वटै मुलुकमा यो प्रक्रिया संचालनमा आउने कोरियाको श्रम मन्त्रालयले जनाएको छ । यो प्रक्रिया नोभेम्बर अन्तिम हप्ताबाट सुरु हुने मन्त्रालयले जनाएको छ ।
हरेक वर्ष दक्षिण कोरियाले ५० हजार भन्दा बढी कामदार ईपीएस मार्फत लैजाने गरेको छ । हाल ईपीएस प्रक्रिया बन्द रहदा दक्षिण कोरियमा कामदारको अभाव सृजना भइरहेका छन् ।
प्रतिक्रिया