म्यान्चेस्टर युनाइटेड सीटीसँग २-० ले पराजित, बराबरीमा रोकियो बार्सिलोना

४ बर्ष अगाडि

काठमाडौं - इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

डर्वी खेलमा सिटीसँग युनाईटेड आफुनै घरेलु मैदानमा २-० ले पराजित भएको हो । खेलको ७ औं मिनेटमा युनाईटेडका इरिक बेलीले आत्मघाती गोल गर्दा सीटीले अग्रता लिएको थियो ।

त्यसपछि सीटीका बर्नाण्डो सिल्भाले ४५ औं मिनेटमा थप एक गोल गरे । त्यसयता खेलमा कुनै गोल हुनसकेको थिएन ।

जितसँगै सीटीले ११ खेलबाट २३ अंक बनाउदा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ११ खेलमा १७ अंक बनाएको युनाइटेड पाँचौ स्थानमा रहेको छ ।

यस्तै स्पेनिस ला लिगमा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोयिकएको हो । सेल्टा भिगोको मैदानमा पहिलो हाफमा ३–० को अग्रता जोगाउन नसक्दा टोलीले ३–३ को बराबरी खेलेको हो ।

प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेपछिको खेलमा बार्सिलोनाले पाँचौं मिनेटमा नै अग्रता लिएको थियो । अन्सु फातीले जोर्डी अल्बाको पासमा गोल गरेका थिए । 

खेलको १८ औं मिनेटमा सर्जियो बुस्केट्सको गोलमा बार्सिलोनाको अग्रता दोब्बर बन्यो । ३४औं मिनेटमा अल्बाकै क्रसमा मेम्फिस डिपाएको गोलसँगै पहिलो हाफमा नै बार्सिलोना जिततर्फ उन्मुख देखिएको थियो ।

दोस्रो हाफमा घरेलु टोलीले सानदार पुनरागमन गर्यो । चोटका कारण फाती दोस्रो हाफमा मैदान उत्रेनन् । खेलको ५२ औं मिनेटमा इयागो आसपासले पहिलो गोल गरे । ७४औं मिनेटमा डिएगो नोलिटोले सर्भिको पासमा हेडरमार्फत गोल गरे भने इन्ज्युरी समयको छैटौं मिनेटमा आसपासले पहिलो टचमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

बार्सिलोनाले लिगको पछिल्ला ४ खेलमा जित दर्ता गर्न सकेको छैन । बार्सिलोना १२ खेलमा १७ अंक जोड्दै नवौं स्थानमा छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया