प्रधानन्यायाधीशले पदबाट राजीनामा नदिएपछि भन्दै नेपाल बारले थप आन्दोलन गर्ने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको छ ।

यसअघिको अल्टिमेटम अनुसार जबराले पदबाट राजीनामा नदिएको भन्दै बारले आइतबार थप आन्दोलन घोषणा गर्न लागेको हो ।

देशभरका ९० वार इकाइसँग भर्चुअल छलफल गरेर थप आन्दोलनको घोषणा गर्ने बारको तयारी छ ।

बैठकमा राणाविरुद्व सडक आन्दोलनदेखि देशभरका अदालतमा बहस वहिष्कारसम्मका एजेन्डामा छलफल हुने बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया