काठमाडौं - चौथो पुस्ताको फोरजी भित्र्याएको झन्डै ५ बर्षमा नेपाल टेलिकमले ६२ लाख ६८ हजार ग्राहक पुर्याएको छ । त्यस्तै एनसेलले फोरजी विस्तार गर्न लागेको ४ बर्षमा ५७ लाख २५ हजार ग्राहक बनाएको छ । भदौ मसान्तसम्ममा नेपाल टेलिकमले एनसेललाई फोरजी ग्राहकको संख्यामा ४ लाख ९२ हजार २५९ ले उछिनेको तथ्याङ्कमा उल्लेख छ ।
नेपालको तेस्रो मोबाइल सेवाप्रदायक स्मार्ट टेलिकमका १ लाख ७६ हजार ग्राहक रहेका छन् । एक महिनाअघि टेलिकमका फोरजी ग्राहकको संख्या ५३ लाख ४० हजार थिए । एक महिनाको अवधिमा ९ लाख २७ हजार ६८६ ग्राहक थपेको नेपाल दूरसञ्चार प्राधिकरणको एमआर्ईएस रिपोर्टमा उल्लेख छ ।
सोही अवधिमा सबैभन्दा धेरै फोरजी ग्राहकसहित शीर्ष स्थानमा रहेको एनसेलको संख्या भने ५५ लाख ११ हजार ३८६ रहेको थियो । नेपालमा टेलिकम कम्पनीहरुले फोरजी विस्तार गर्न थालेको ५ बर्षसम्मपनि अझै फोरजी विस्तार प्रोजेक्ट सम्पन्न भइसकेको छ । नेपालमा हाल फाइबजीको परीक्षणको चर्चा चलिरहँदा विकट जिल्लाहरुमा थ्रिजी प्रविधि मार्फत नै सञ्चार सेवा पुगिरहेको छ ।
फोरजी सेवा पुगेको पहाडी जिल्लाहरुमा फोरजी नेटर्वक नै नचल्ने समस्या देखिएको सेवाग्राहीको गुनासो छ । यस्तो समस्या एनसेलको तुलनामा नेपाल टेलिकमको नेटर्वकमा बढी रहेको ग्राहकको जिकिर छ । नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम गरि हालसम्म नेपालमा एक करोड २१ लाख ग्राहक रहेका छन । हाल फोरजी विस्तारले थ्रिजी प्रयोगकर्तापनि घट्दै गएका छन ।
प्रतिक्रिया