यो साता विभिन्न ६ कम्पनीको सेयर मूल्य नेप्सेमा सूचिकृत

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ६ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । स्टकका अनुसार ५ वटा कम्पनीको बोनस सेयर र एउटा कम्पनीको ऋणपत्र यस साता नेप्सेमा सूचिकृत भएको हो ।

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटे
सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको ७ लाख ३३ हजार २ सय ५० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यसका साथै, कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २स्१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ ।

ज्योति विकास बैंक लिमिटेड
ज्योति विकास बैंक लिमिटेडको “९ प्रतिशत ज्योति विकास बण्ड, २०८७” को १५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । ज्योति विकास बैंक लिमिटेडले असार २० गते आइतबारबाट असार ३० गते, बुधबारसम्म १० वर्ष अवधिको लागि “९ प्रतिशत ज्योति विकास बण्ड, २०८७” नाममा १ अर्ब ५० करोड रूपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो । सोही ऋणपत्र आज नेप्सेमा सूचिकृत भएको हो ।

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ३ लाख ७३ हजार २ सय ४० कित्ता सेयर सूचिकृत भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले २०७६/७७ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १७.८१ प्रतिशत बोनस बापतको २ लाख ६६ हजार ३ सय ३० दशमलव ५६ कित्ता सेयर सूचिकृत भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को लागि १७.८१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । 

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ४९.४० प्रतिशत बोनस बापतको ३ लाख ९१ हजार २ सय ४८ कित्ता सेयर सूचिकृत भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को लागि ४९।४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत २.६० प्रतिशत नगद गरि कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

नेको इन्स्योरेन्स कम्पनी लिमिटेड
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको १५.५० प्रतिशत बोनस बापतको २० लाख ४२ हजार १९ दशमलव ३० कित्ता सेयर सूचिकृत भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया