पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोरोना पुष्टि हुँदा ३९६ संक्रमणमुक्त, मृत्यु  कति ?

४ बर्ष अगाडि

काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा १२८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार १३४ पीसीआर परीक्षणमा शनिबार थप १२८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १४ हजार ४१७ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको १ हजार ७९८ परीक्षणबाट ११ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ३ हजार ९३२ परीक्षणमा १३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३९६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९४ हजार ८३४ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४३९ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया