कौडीको भाऊमा राजा विरेन्द्रको जग्गा र सम्पत्ति भाडामा दिने तयारी, सार्वजनिक सम्पत्तिमा लुटपाट गर्ने नियत

७ बर्ष अगाडि

काठमाडौ – पूर्व राजा विरेन्द्र शाह र उनको परिवारको नाममा रहेको जग्गा भाडामा दिएर आर्थिक उपार्जन गर्ने नाममा सरकारसँग जोडिएका केही व्यीक्तले भाडामा दिने तयारी गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेका नेपाल ट्रष्टको नाममा रहेको पूर्व राजा विरेन्द्र र राजपरिवारको नाममा रहेको सम्पत्ति पछिल्लो पटक सरकारले राष्ट्रियकरण गरेको थियो । तर सरकारको सम्पत्ति सिमित व्यक्तिलाई खुसी पार्ने लक्ष्यका साथ काम सुरु भएको छ । त्यसमा आफूलाई पर्यटन व्यवसायी र विमान सेवा प्रदायक कम्पनीका मालिक बताउने आङछिरिङ शेर्पालगायतको समूह लागिपरेको छ । यस्तै तारागाँउ रिजेन्सी होटल सञ्चालन गर्ने भारतनीय व्यापारी समूह सरार्फ समूह समेत लागिपरेको छ । 

हाल नेपाल ट्रस्टको मातहतका रहेको राजा विरेन्द्रको जग्गा जमिन तथा भौतिक सम्पतिको संरक्षण गर्ने र निश्चित समयका लागि भाडामा दिएर आर्थिक उपार्जन गर्ने लक्ष्य राखिएको भन्दै कौडीको भाऊमा भाडामा दिन लागिएको हो । त्यसका लागि कानून निर्माणको प्रक्रिया अगाडि बढाइएको र संघीय संसद्को चालु अधिवेशनमा नै पेश गर्ने तयारी गरिएको छ । पर्यटकीय र व्यावसायिक कार्य सञ्चालन गर्न नेपाल ट्रष्टको सिफारिसमा निश्चित अवधिका लागी व्यक्ति वा संस्थालाई भाडा दिने व्यवस्था सहितको विधेयक तयार भएको छ । विधेयकमा राष्ट्रिय आवश्इकता भन्दा पन िव्यापारिक स्वार्थ हावी भएको छ । 

यसअघि सरकारले शिक्षा तथा वौद्धिक संस्थालाई अनुदानमा दिन सकिने बताउँदै आएको थियो । त्यसमा अस्पताल, स्वास्थ्य चौकी र सार्वजनिक प्रयोजनका चिकित्सालय संञ्चालन गर्न सकिने भनिएको थियो । दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनीहरूका परिवारको नाममा रहेको सम्पत्ति गणतन्त्र आइसकेपछि राष्ट्रियकरण गरिसकिएको छ । ट्रष्ट स्थापना भएको ११ वर्ष पछि राज परिवारको नाममा रहेको जग्गा तथा सम्पत्ति भाडामा दिन लागिएको बताइएको छ । नेपाल ट्रष्ट कार्यालयका निमित्त प्रमुख रहेका सहसचिव यदुप्रसाद पन्थी ले राज परिवारको नाममा रहेको सम्पत्तिहरू प्रयोग विहीन बनाउनुभन्दा त्यसलाई भाडामा दिएर ट्रष्टको आय वृद्धि गर्न लागिएको बताएका छन् । उनलाई व्यापारिहरुले नराम्ररी प्रयोग गरेका छन् । ५५ वटा कानुनको संशोधनमा परेको यो कानुन विधेयकका रूपमा हाल संघीय संसदमा पुगेको छ ।

राजा वीरेन्द्रका परिवारका नाममा रहेको २१ हजार ५ सय ६३ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ । त्यसमा काठमाडौँमा मात्रै १५१ कित्तामा ४ हजार ४३८ रोपनी जग्गा रहेको छ । यस्तै भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सुर्खेत, कास्की, चितवन र धादिङमा समेत जग्गा रहेको छ । काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्ट, काठमाडौँ प्लाजा, लाजिम्पाटस्थित स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्क रहेको भवन, टेकुस्थित बिजनेस पार्क र कालिमाटीमा रहेको सोल्टी आउटर कम्प्लेक्स पनि पूर्व राज परिवारको नामा रहेको छ ।
त्यस्तै पोखराको फेवातालमा रहेको रत्नमन्दिर भवन, भक्तपुरस्थित दियालो बंगला, र हेटौंडामा कान्ति ईश्वरी भवन लगायतका भवन र जग्गा रहेको छ ।  ती मध्येका केही राजा वीरेन्द्रकै पालामा भाडामा दिइएका र पहिलेकै सम्झौताअनुसार भाडामै रहेको बताइएको छ । संघीय संसद सचिवालयले उक्त विधेयकका बारेमा आवश्यक निर्णय गर्ने तयारी गरेको छ । संघीय संसद्को चालु अधिवेशनमा नै सो विधेयकलार्य अगाडि बढाउन लागिएको छ ।सम्पत्तिको सुरक्षा पनि हुने र त्यसबाट अर्थोपार्जन गर्ने सोच राखिएको नेपाल ट्रष्टले जनाएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया