मोटरसाइकल रिकन्डिशन हाउसमा आगलागी, एक करोड ५० लाख क्षति

४ बर्ष अगाडि

जिल्ला सदरमुकाम गाईघाट बजारको डिएमगेट नजिकैको मुख्य सडकखण्डस्थित एक मोटरसाइकल रिकन्डिशन हाउसमा गए राति आगलागी हुँदा रु एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भई  रौतारानी सप्लायर्समा आगलागी हुँदा त्यहाँ रहेका ५० भन्दा बढी मोटरसाइकलसहित अन्य विभिन्न उपकरण जलेर नष्ट भएको सञ्चालक राजकुमार राउतले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले  आगलागी भएको खबर प्राप्त हुननासाथ आगो निभाएको जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया