पछिल्लो २४ घण्टामा थप १७४ जनामा कोरोना पुष्टि हुँदा ६४९ डिस्चार्ज, ३ हजार ७७५ ले लगाए खोप

४ बर्ष अगाडि

काठमाडौँ - पछिल्लो २४ घण्टामा थप १७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ३०७ पीसीआर परीक्षणमा शुक्रबार थप १७४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १४ हजार २८९ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको २ हजार ५३७ परीक्षणबाट ९ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ४ हजार ८४४ परीक्षणमा १८३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६४९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९४ हजार ४३८ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ ।

२४ घण्टामा खोप लगाउनेको संख्या ३ हजार ७७५ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया