घुससहित वैदेशिक रोजगार कार्यालयका नासु र बिचौलिया प्रकाउ

४ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार कार्यालय ताहाचलका नायव सुब्बा दुर्गाप्रसाद पोखरेल घुससहित रंगेहात पक्राउ परेका छन् । 

उनले बिचौलियामार्फत घुस माग गरेको सुचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले बिचौलिया खेमप्रसाद काफ्लेसहित पोखरेललाई पक्राउ गरेको हो । 

सेवाग्राहीबाट २१ हजार लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया