काठमाडौं - यसपालीको तिहारमा ३० करोड मूल्य बराबरको झिलिमिली बत्ती नेपाली बजारमा भित्रिएको छ । तिहार तथा छठलाई लक्षित गर्दै व्यवसायीहरुले उक्त परिमाणको झिलिमिलि बत्ती आयात गरेको हुन् ।
नेपाल विद्युतीय व्यवसायी महासंघका खनुसार यो वर्षको तिहारमा ३० देखि ३५ करोड हाराहारी मूल्य बराबरको झिलिमिली बत्ती नेपाल भित्रिएको छ ।
गतवर्ष ७० करोड हाराहारीमा बत्तीको कारोबार भएको थियो । तिहार सकिने बित्तिकै छठ पर्व शुरू हुने भएकाले सो समयसम्मका लागि धान्ने गरी बत्ती आयात गरिएको हो ।काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका शहरमा यस्ता बत्तीको माग अत्यधिक हुन थालेको महासंघको भनाइ छ ।
पछिल्लो समय सिजनको व्यापार भएकाले तिहारका लागि भित्रिएका सामान फुटपाथमै पनि व्यापारीले विक्री गर्ने गरेका छन् । देशमा लोडशेडिङ भएका बेलाको तुलनामा अहिले यस्ता बत्ती प्रयोग गर्नेहरूको संख्या बढेको व्यापारीहरू बताउछन् ।
गत बर्ष ७० करोडको झिलिमिली बत्ती नेपालमा आयात भएको थियो । यो बर्ष आयातकर्ताले गत बर्षको तुलनमा ५० प्रतिशत कम समान नेपाल ल्याइएको बताइएको छ ।
प्रतिक्रिया