राम्रो कामको ज–जसले जस लिएपनि हुन्छ: प्रधानमन्त्री

७ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसलाई धमिलो पानीमा माछा पार्ने रहर नगर्न सुझाव दिँदै राम्रो काम जसले गर्छ उसले जस लिने बताएका छन् । 

संसदमा आज संबोधन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल काँग्रेसलाई जवाफ दिदै भने, ‘ राम्रो कामको ज–जसले जस लिएपनि हुन्छ । नीति तथा कार्यक्रमम सदनको सर्वस्वीकृत हो । यसको जस पनि सदनले पाउनुपर्छ । यसमा कसको प्याटेन्ट राइट छैन । किन दन्तबझान गर्ने ? किन खिसीटीउरी गर्ने ?’ ओलीले आफ्नो कार्यकालमा गरेका राम्रा कामप्रति प्रतिपक्षले सहन नसकेको भन्दै राम्रा कामको प्रशंसा गर्न भुल्न नहुने बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया