काठमाडौं, आज (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक ५.२२ अंकले बढेर २७४८.८४ मा पुगेको छ । सेन्सेटिभ इन्डेक्स भने ०.५२ अंकले घटेर ५३०.८९ मा पुगेको छ ।
यस दिन २२९ कम्पनीको ९९ लाख ९५ हजारभन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त शेयर खरिदबिक्री हुदाँ ६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीसहित खदिरबिक्री रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । दोस्रोमा महालक्ष्मी विकास बैंक र तेस्रोमा अपि पावर परेका छन् । १३ मध्ये ८ वटा समूह हरिया भएका छन् ।
आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको शेयरमुल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले १० प्रतिशतले बढेर ८ सय ३ रूपैयाँ पुगेको छ ।
सबैभन्दा धेरै मूल्य बढ्ने दोश्रो सूचिमा साहस उर्जा लिमिटेड रहेको छ । कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर ५ सय ९३ रूपैयाँ २० पैसा पुगेको छ । कम्पनीको आईपिओ हालै मात्र नेप्सेमा सुचिकृत भई दोस्रो बजारमा कारोबार भइरहेकोले पनि यो कम्पनीको सेयर मूल्य निरन्तर बृद्धि भइरहेको छ ।
प्रतिक्रिया