स्रोत नखुलेको साढे ५ लाख नगदसहित २४ वर्षीय युवक पक्राउ

४ बर्ष अगाडि

वीरगंज महानगरपालिका १६ शंकरचार्य गेटबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रुपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा सोही महानगरपालिका ३१ कोनिया टोल बस्ने २४ वर्षीय अनिल साह रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना.४० प ४३०२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अनिलको झोलाभित्र उक्त नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया