काठमाडौं, मन्दाकिनी हाइड्रोपावर लिमिटेड तथा श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन् ।
मन्दाकिनी हाइड्रोपावरले आयोजना प्रभावित तथा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न गत कात्तिक १४ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको ३० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ६४ हजार १११ कित्ता आईपीओ निष्कासन गर्ने गर्नेछ।
कम्पनीले यसअघि नै शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
यसैगरी श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले पनि कात्तिक १० गते धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ४७ करोड ७९ लाख बराबरको प्रतिशेयर १०० रुपियाँ अंकित दरको ४७ लाख ७९ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारणलाई जारी गर्न लागेको हो ।
कम्पनीले यसअघि नै शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।
प्रतिक्रिया