काठमाडौं, बलिउड सुपरस्टार कार्तिक आर्यन चाँडै साउथ सुपरस्टार अल्लू अर्जुन अभिनीत सुपरहिट फिल्म ‘अला वैकुन्ठपुरमलो’ को हिन्दी रिमेक ‘शहजादा’ मा लिड रोलमा देखिँदैछन् । यो फिल्ममा उनको अपोजिटमा कृति सेनन फाइनल भएकी छन् । कार्तिक र कृतिले आउँदो २५ अक्टोबरबाट ‘शहजादा’ को छायांकन सुरु गर्नेछन् । मुम्बई र दिल्लीमा विभिन्न शेड्यूलमा फिल्म खिचिनेछ ।
कार्तिकले यो फिल्मका लागि निकै महंगो पारिश्रमिक बुझेको खुलासा भएको छ । ‘शहजादा’ का लागि उनी भारतीय २१ करोडमा अनुबन्ध भएको हलिउड हंगामाले बताएको छ । एकपछि अर्को फिल्मको सफलतासँगै उनले आफ्नो पारिश्रमिक दिन प्रतिदिन बढाइरहेका छन् । निर्माताहरुले पनि उनको मार्केट भ्यालूलाई मध्यनजर गर्दै उनले मागेकै पारिश्रमिक दिन भएका छन् ।
‘शहजादा’ एक कमिर्शयल फिल्म भएको र यसले बक्सअफिसमा राम्रो कमाई गर्न सक्ने भएकाले उनले आफ्नो पारिश्रमिक कटौती नगरेका हुन् । रोहित धवनले निर्देशन गर्ने फिल्म ४ नोभेम्बर २०२२ मा रिलिज हुनेछ ।
प्रतिक्रिया