काठमाडौं, बुधबार पनि कारोबार खुलेको केही समयमै साहस उर्जा कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
कम्पनीको शेयरमुल्य ९.९९प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य ९.९९प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.५९३.२० पुगेको छ । हिजोबाट कारोबारमा आएको साहस उर्जाको शेयर पहिलो कारोबार स्पेशल प्रि ओपनिङ सेसनमा कम्पनीको रु.४०५.३० मा भएको थियो ।
यस्तै, मार्केट डेपमा कम्पनीको २ लाख ३२ हजार ४३५ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया