प्रेस सेन्टर, नेपाल काभ्रे शाखाको चौथो अधिवेशन सम्पन्न

४ बर्ष अगाडि

काठमाडौं, माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर, नेपाल काभ्रे शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले रोजन तामाङको अध्यक्षतामा उकत कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा नवराज अधिकारी, अञ्जली तामाङ, सचिवमा शिवप्रसाद पन्त, सहसचिवमा प्रकाश दाहाल, क्रान्ति लामा, कोषाध्यक्षमा इकमान लामा चयन भएका छन् । 

यस्तै,समितिका सदस्यहरुमा जीवन घिसिङ, किरण कुमार पुलामी मगर, प्रेम स्याङतान, लोकबहादुर लामा, गीता तिमल्सिना, क्षितिज नेपाली लगायत रहेका छन् ।

यसैबीच अधिवेशनले राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा बसन्तकुमार श्रेष्ठ, चुडामणि तिमल्सिना, कुमार गौतमलाई चयन गरेको छ भने प्रदेश अधिवेशन प्रतिनिधिहरुमा सन्तोष दाहाल, रचना मोक्तान, धनबहादुर स्याङतान, भरत अधिकारी, गंगा दोङ रहेका छन् ।

अधिवेशनको उद्घाटन प्रेस सेन्टर, नेपालका महासचिव विष्णुप्रसाद सापकोटा (जुगल)ले एक कार्यक्रमका बीच गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार दिलसुन्दर श्रेष्ठले  सम्बोधन गरेका थिए ।  कार्यक्रममा सेन्टरको केन्द्रिय सचिव लक्ष्मण खड्का, वागमती प्रदेश कमिटी अध्यक्ष सुनिल खड्का, माओवादी केन्द्र काभ्रेका अध्यक्ष रुकु चौंलागाईं, वागमती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ (छिन्ताङ), सेन्टरका केन्द्रिय सदस्यहरु, विभिन्न संगठनका नेताहरुको सहभागीता रहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया