काठमाडौं, सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले मंगलवार बाँडफाँट गरेको आईपीओ सम्बन्धी सम्पूर्ण कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै शेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, डिम्याट लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य आज (बुधवार) देखि नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ ।
कम्पनीले कात्तिक ४ गतेदेखि ८ गतेसम्म ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेर कात्तिक १६ गते बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओ खरीदका लागि २१ लाख ९८ हजार ७६४ जनाको आवेदन परेको थियो । कुल आवेदकहरुमध्ये ९ हजार ९८६ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ ।
योग्य २१ लाख ८८ हजार ७७८ जना आवेदकहरुलाई एउटै समूहमा राखेर गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गर्दा ६७ हजार ८९० जनाले १० कित्ताका दरले शेयर हात पारेका हुन् ।
प्रतिक्रिया