मंगलबार दोहोरो अंकले बढेको बजारमा कारोबार रकम घट्यो, महालक्ष्मी विकास बैंक सर्वाधिक कारोबार

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) नेप्से परिसूचक २३.७६ अंक बढेर २८४३.६२ विन्दुमा पुगेको छ। निरन्तर ६ कारोबार दिनमा नेप्से २८०.५६ अंक बढेको थियो। 

यस दिन सेन्सेटिभ इण्डेक्स २.८४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन २३० कम्पनीको ५९ हजार ८८१ पटकको कारोबारमा ६ अर्ब ७ करोड ३७ लाख १६ हजार रुपैयाँ बराबरको ९९ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा ७ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक यस दिन बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३।७७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक साढे ३ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४६ करोड ९७ लाख २३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन कामना सेवा विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, लुम्बिनी विकास बैंक र जीवन विकास बैंकको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन साहस उर्जा कम्पनीको शेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशत बढेको छ। सो कम्पनीको शेयर निरन्तर तेस्रो कारोबार दिन सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, य सदिन गुडविल फाइनान्सको शेयरमूल्य ९.१६ प्रतिशत बढेको छ। यस दिन शेयर मूल्य घटेका कम्पनीहरुको गिरावट दर २ प्रतिशतभन्दा कम रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया