‘सबै बालबालिकाको लागि शिक्षा अनिवार्य’

७ बर्ष अगाडि

काठमाडौं – पाटन दरबार स्क्वायरको रोटरी र रोटारेक्ट क्लबको सातौं अन्तर रोटारेक्ट नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेयुकाइको सहयोगी भूमिकामा ‘सबै बालबालिकाका लागि शिक्षा अनिवार्य’ भन्ने नाराका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न १० रोटारेक्ट क्लबलले आ–आफ्नो नृत्य प्रतिभा प्रस्तुत गरेका थिए । जसमा पाटन पश्चिम रोटारेक्ट क्लब (वेष्ट) विजेता भई सात हजार पुरस्कार प्राप्त गर्यो भने ललितपुरको रोटारेक्ट क्लब दोस्रो भई पाँच हजार र रोटारेक्ट क्लब तेस्रो भई तीन हजार पुरस्कार हात पारेको थियो ।  

कार्यक्रममा सिद्धार्थ बैंक, देव विकास बैंक, महिमा को–अपरेटिभ, नेपाल–जापान सेवा सेन्टर, सिएसके नेपाललगायतले आर्थिक सहयोग गरेका थिए । मिडिया पार्टनर रातोपाटी र रेडियो उपत्यका रहेको थियो ।

कार्यक्रम विगत ७ वर्षदेखि सञ्चालन हुँदै आएको छ । जसले नृत्य प्रतियोगितामार्फत अर्थ संकलन गर्दै आएको र यसले धेरै स्कुले बालबालिकाको लागि फाइदा भएको क्लबले जनाएको छ ।

क्लबले धापाखेल ललितपुर–२४ स्थित रहेको श्री बालोदय विद्यालयलाई आवश्यक शैक्षिक सामग्रीहरु प्रदान गर्दै आइरहेको छ । विगत २ वर्षदेखि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि खाजा (टिफिन) उपलब्ध गर्दै आइरहेको छ ।

विद्यार्थीहरुको सहभागितामा हुने यस्ता कार्यक्रमहरुले ठूलो परिवर्तन र विकास गर्ने क्लबका अध्यक्ष तिलसा बज्राचार्यले कार्यक्रममा बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया