प्रचण्ड रुपन्देहीमा

७ बर्ष अगाडि

बुटवल– नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवलमा हुने दुई कार्यक्रममा सहभागी हुन आउने छन् । अहिले केही समयछि बुद्ध एयरको उडानमार्फत आउन लागेको छन् ।

बरिष्ठ पत्रकार कर्णबहादुर कार्कीले प्रकाशित गर्नुभएको पाक्षिक म्यागाजिन लोक अभियानको विमोचनका लागि अध्यक्ष दाहाल आज बुटवल आउन लागेका हुन् । आइतबार साढे १२ बजे बुटवलको इट्टाभट्टीस्थित एसियन पार्टी प्यालेसमा म्यागेजिनको विमोचन हुने म्यागेजिनका प्रधान सम्पादक तथा प्रकाशक कार्कीले जानकारी दिए । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालको स्वागतका लागि नेकपाका नेता तथा जनप्रतिनिधि भैरहवा विमानस्थल पुगेका छन् ।

विहान मौसमका कारण निर्र्धात समयमा उडान हुन नसक्ने आशंकाले पत्रिका विमोचनपश्चात पार्टी अगुवा कार्यकर्तासँग भेटघाट तथा सम्बोधनको कार्यक्रम तय भएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर ५ का संसदीय समितिका सभापति दधिराम न्यौपानेका अनुसार अध्यक्ष दाहालसँग २ बजेपश्चात बुटवलस्थित पुष्पलाल स्मृति भवन अर्थात प्रदेश कार्यालयमा अगुवा कार्यकर्ता भेला राखिएको  छ । अध्यक्ष प्रचण्ड साँझनै बुद्ध एयरमार्फत काठमाडौ फर्कर्ने  जनाएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया