दोहोरो अंकले घटेको शेयर बजारमा १५६ कम्पनीको शेयरमुल्य गिरावट, कारोबार रकम कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबार सुरु भएको १ घण्टामा नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । 

कारोबार सुरु भएको एक घण्टामा नेप्से परिसुचक २९.०८ अंकले ओरालो लागेर २७९०.७८ को बिन्दुमा पुगेको छ । १२ बजे सम्म शेयर बजार १.०३ प्रतिशतले घटेको हो । 

सो अवधीसम्म कारोबारमा आएका २०८ कम्पनीको २० लाख ९१ हजार ६८०  कित्ता शेयर १४ हजार ३३२ पटकको कारोबारमा १ अर्ब ३३ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ । 

कारोबारमा आएका कम्पनीमध्ये २४ कम्पनीको शेयरमुल्य बढेको छ भने १५६ कम्पनीको शेयरमुल्य घटेको छ  । २  कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया