तास खेलिरहेको अवस्थामा करिब २ लाख नगद सहित नौ जना पक्राउ

४ बर्ष अगाडि

बर्दिया — प्रहरीले तास खेलिरहेको अवस्थामा करिब दुई लाख नगद सहित नौ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गुलरिया नगरपालिका७ स्थित राज रमेश यादवको घर भित्र तास खेलिरहेको अवस्थामा उक्त रकम सहित नौ जनालाई पक्राउ गरेको हो ।

घरधनी यादवको घरमा जुवा खेलाइरहेको जानकारी पाएपछि खालबाट १ लाख ९८ हजार ५ सय ५ रुपैयाँ, तास र नौ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी यादव, वडा नम्बर ३ का रतिराम चौधरी, वडा नम्बर ७ का श्याम यादव, वडा नम्बर ४ का गुमान बहादुर मल्ल, वडा नम्बर १० का तेज कुमार चौधरी, मधुवन नपा ८ का सुरेश वली र टेकेन्द्र साउद रहेका छन् ।

सोही पालिका ९ का नारायण क्षेत्री र वडा नम्बर ७ का पदम बहादुर सुनार रहेको छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया