काठमाडौं, फोर्ड नेपाल ( जि.ओ. अटोमोबाईल्स प्रा.लि.) ले नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धन र अफ रोडिङ्ग संस्कृतिको विकास गर्ने उद्देश्यले आफनो ग्राहक संलग्नता कार्यक्रमको रूपमा चिनिने “अफ टु नुवाकोट” ४×४ कार्यक्रम सफलतापूर्वक सम्पन्न ग¥यो।
ड्ड अफ टु नुवाकोट ४×४ कार्यक्रम, जसको मुख्य उद्देश्य आन्तरिक पर्यटन प्रवद्र्धनको साथसाथै आरोहणको अवधारणालाई उकास्ने हो।
यो एक दिनको पारिवारिक कार्यक्रम हो, काठमाडौं उपत्यकाबाट छोटो दूरीमा रहेको तर यो नेपालको प्राचीन र ऐतिहासिक स्थलहरू मध्ये एक नुवाकोट सम्मको यात्रा हो । ¥याली टोखा–शिवपुरी मार्ग हुँदै सञ्चालन गरिएको थियो, जुन यात्राको बिचमा वन क्षेत्र र वनस्पति र पुरातन सांस्कृतिक गाउँहरू सहितको सबैभन्दा रमणीय स्थानहरु थिए ।
यो कार्यक्रम विशेषगरी फोर्डको ४×४ ट्रक जीवन शैलीको प्रदर्शन मा केन्द्रित ग्राहक संलग्नता कार्यक्रम को एक हिस्सा हो।
नुवाकोट ९०० मिटरको उचाइमा रहेको नुवाकोट बजारको बिचमा समय परिवर्तनले अछुन्न पुरानो किल्ला गौरवशालीका साथ उभिएको छ । २०७२ वैशाख १२ गते गएको भूकम्पमा दरबारको भित्री भागमा केही क्षति पुगे पनि भवनहरू अझै अक्षुण्ण छन् र परिसरको भ्रमण गर्न सकिन्छ । आधुनिक नेपालको इतिहासलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्ने सम्पदाको संरक्षणका लागि पुनर्निर्माणको प्रयास भइरहेको छ । ऐतिहासिक र साँस्कृतिक महत्वका बाबजुद दरबार अझै पत्ता नलागेको खजाना हो । सात तले दरबारको किल्ला १८ औं शताब्दीमा पृथ्वीनारायण शाहको शासनकालमा बनेको थियो । यसले मल्ल र पछि चिनियाँ सेनाको आक्रमणको थोरै प्रमाण देखाउँछ ।
“ अफ टु नुवाकोटको “अवधारणा विशेषगरी फोर्ड लाइफस्टाइल ट्रकहरूको प्रदर्शनको साथमा अन्वेषण र यात्राको संस्कृतिलाई जोड दिनु हो जुन तपाईंको यात्रा अभियानमा नभैनहुने पाटो हो । करिब ४० जना सहभागीहरु संग फोर्डले जंगल भ्रमण, जिप लाईन र साइट सिइङ जस्ता बिचमा धेरै गतिविधिहरु सहित नुवाकोटको ऐतिहासिक भूमिमा आफ्नो यात्रा तय गरेको थियो । नुवाकोटमा दिगो कफी खेतीलाई प्रवद्र्धन गर्ने नुवा एस्टेट फार्मको भ्रमण गरेर कार्यक्रमको समापन भएको हो ।
फोर्ड नेपाल प्रतिनिधिको सन्दर्भमा, “४×४ कार्यक्रमको अवधारणा बजार विकास र फोर्ड एडभेन्चर गाडीहरू जस्तै फोर्ड रेन्जर, फोर्ड रेन्जर र्याप्टर र नयाँ लाइन अप फोर्ड एभरेस्टको प्रवद्र्धनसँगै आएको हो। यी सबै सक्षम गाडीहरु थाईल्याण्डका हुन। यी गाडीहरु प्रदर्शन र क्षमताको लागि परिचित छन्।”
फोर्ड नेपालले आफ्नो साहसिक कार्यक्रमको एक हिस्साको रूपमा हरेक वर्ष विभिन्न अभियानहरू सञ्चालन गर्छ । पछिल्लो दिनमा ड्राइभ टु मनाङ, ड्राइभ टु लोमाङथाङ र मुस्ताङ एडभेन्चरजस्ता सफल कार्यक्रमहरु भएका छन् जुन नेपालमा साहसिक घटनाहरुको बेन्चमार्क हो । नेपाल परिदृश्यमा विविधता र अन्तर्राष्ट्रिय पर्यटकका लागि सबैभन्दा उपयुक्त गन्तव्य भएको सुन्दर देश हो ।
प्रतिक्रिया