अक्टोबरसम्म नेपालमा १ लाख बढी पर्यटक भित्रिए, अक्टोबरमा मात्र २३ हजार

४ बर्ष अगाडि

काठमाडौं, नेपालमा अनअराइभल भिसा खुलेपछिको पहिलो महिना पर्यटकको आगमन उत्साहजनक देखिएको छ । अक्टोबर महिनामा मात्रै नेपाल आउने विदेशी पर्यटकहरु २३ हजार २ सय ८४ पुगेका छन् ।

विश्वभरि कोरोना महामारीका बाबजुद पनि २०२१ को अक्टोबरसम्म नेपालमा १ लाख भन्दा बढी पर्यटक भित्रिएका छन् । क्षेत्रगत रुपमा हेर्दा सार्क मुलुकका पर्यटकको हिस्सा आधा जस्तै छ भने सार्कबाहेकका एसियाली मुलुकहरुको हिस्सा ७ प्रतिशत, युरोपेली मुलुकका पर्यटकको हिस्सा १५ प्रतिशत, अमेरिकी मुलुकहरुको हिस्सा १७ प्रतिशत र अन्य देशको हिस्सा १० प्रतिशतको हाराहारीमा रहेको छ ।

देशको हिसाबले हेर्दा सबैभन्दा बढी पर्यटक भारतबाटै आएका छन् । १० महिना भित्र १ लाख पर्यटक नेपाल आएकोमा ४५ हजार भन्दा बढी पर्यटक भारतबाटै आएका छन । अमेरिकाबाट १५ हजार, चीनबाट ५ हजार ५ सय, बेलायतबाट ४ हजार ३ सय र जर्मनीबाट १८ सय जना नेपाल भित्रिएका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया