प्रदेश कानुनमा प्रधानमन्त्रीको चासो

७ बर्ष अगाडि

 काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक कानुनी अड्चनको बाधा फुकाउन पहल थालेका छन् । संघीय सरकारले लिएको समृद्धिको खाका पूरा गर्नेगरी नीति तथा कार्यक्रम बनाउन र त्यहाँ देखिने कानुनी अड्चन फुकाउन प्रधानमन्त्रीले अग्रसरता देखाएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम एवं प्रदेशमा निर्माण हुने कानुनहरूमा देखिने समस्याको समाधानका लागि प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र प्रमुखका मुख्य न्यायाधिवक्तासहितको विशेष छलफल गर्दै छन् ।

सातवटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र प्रमुख न्यायाधिवक्तालाई उनले बुधबार  सिंहदरबारमा छलफलका लागि बोलाएका छन् । सरकारले बनाउने नीति तथा कार्यक्रम, प्रदेशमा निर्माण हुने कानुनका क्रममा देखिने समस्याको समाधानका लागि हुने अहिलेको यो छलफललाई विशेष महत्वका  साथ हेरिएको छ, राजधानी दैनिकमा खबर छ  ।

७ बर्ष अगाडि

प्रतिक्रिया