नेप्सेद्धारा ब्रोकर नम्बर ४० संग ३ दिने स्पष्टिकरण माग

४ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले क्रियटिभ सेक्युरिटिज प्राइभेट लिमिटेड अर्थात् ब्रोकर नम्बर (४०) सँग ३ दिने स्पष्टिकरण मागेको छ । 

नेप्सेले असोज १० गतेको प. सं. ८६/०७७/७८ बमोजिम स्वरोजगार लघुवित्त वित्तिय सस्था लिमिटेडको संस्थापक सेयर कारोबार गर्न स्वीकृति माग गरिएकोमा यस ब्रोकरबाट स्वीकृति नलिई कारोबार गरेको हुँदा उक्त सम्बन्धमा सात कार्य दिन भित्र नेप्सेमा जवाफ पेश गर्न धितोपत्र सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम (११) (२) (३) बमोजिम निर्देशन दिईएकोमा आजको मितिसम्म जवाफ प्राप्त नभएकोले उक्त विनियमावलीको विनियम ७(२) अनुसार त्यस सदस्य दलाललाई किन कारवाही नगर्ने ? सो को स्पष्टिकरण तीन  कार्य दिन भित्र पेश गर्न अनुरोध गरेको हो ।

617f74b77ec2b.jpg

४ बर्ष अगाडि

प्रतिक्रिया