काठमाडौं, प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सरकार निरन्तरताका लागि सोमबार विश्वासको मत लिँदै छन्।
कार्तिक ७ गते विश्वासको मतको लागि मिति तय गरिएको भए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल एमालेले विशेष कारण देखाउँदै स्थगित माग गरेका थिए। सोक्रममा सभामुख प्रदीपकुमार भण्डारीले १५ गते सोमबारका लागि विश्वासको मत लिने मिति तय गरेका थिए।
सत्तारुढ एमालेसँग हाल सभामुख प्रदीपकुमार भण्डारीसहित ४१ सदस्य रहेका छन्। गत भदौ १० गते मुख्यमन्त्रीमा आचार्यले पदभार ग्रहण गरेसँगै उनकै दलभित्रका प्रदेशसभा सदस्यहरुले साथ नदिएको राजनीतिक विश्लेषकको भनाइ छ।
प्रदेशसभामा एमालेको ४१ सँगै नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको समान १÷१ प्रदेशसभा सदस्य रहेका छन्।
यसअघि माओवादी केन्द्रका प्रदेशसभा सदस्य टंक आङबुहाङ भने पदमुक्त भइसकेका छन्।
प्रतिक्रिया