कारोबारको पहिलो दिन तेह्रथुम पावरको २० कित्ता मात्र खरिदबिक्री, कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौें, कारोबारको पहिलो दिन (आइतबार) अर्थात हिजो देखि कारोबारमा आएको तेह्रथुम पावरको २० कित्ता शेयर खरिदबिक्री भएको छ । 

कम्पनीको उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ रु.५ हजार १३४ को शेयर कारोबार भएको हो । 

नेपाल स्टक एक्सेन्च (नेप्से) मा तेह्रथुम पावरको पहिलो कारोबार २५४ रुपैयाँ २० पैसामा भएको हो। हिजो कम्पनीको शेयरमुल्य १.९७ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.२५९.२० पुगेको छ । 

यस्तै, कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ८४ रुपैयाँ ७४ पैसा देखि २५४ रुपैयाँ २२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। नेप्सले तेह्रथुम पावर कम्पनीको शेयरलाई टिपीसी कारोबार संकेत प्रदान गरेको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया