काठमाडौं, शिवम् सिमेन्ट्सको लाभांश पारित गर्न मंगलबार कात्तिक १६ गते साधारण सभा बस्ने भएको छ ।
कम्पनी करसहित २९ प्रतिशत नगद लाभांश दिने भएको छ । शिवम सिमेन्ट्सले दिन लागेको यो अहिलेसम्मकै धेरै लाभांश हो । गत वर्ष कम्पनीले सेयरधनीलाई २४.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सभा सोल्टी होटल सोल्टीमोड काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । कोरोना भाइरसका कारण सभा भर्चुअल माध्यमबाट पनि सञ्चालन हुने कम्पनीले जनाएको छ ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक ८ गते बुक क्लोज गरेको छ । यसर्थ, कात्तिक ७ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।
प्रतिक्रिया