अभियान लघुवित्तले ९ करोड ७५ लाख बराबरको आईपीओ जारी गर्दै

४ बर्ष अगाडि

काठमाडौं, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । गत शनिबार सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले  सर्वसाधारणका लागि आईपीओ  जारी गर्ने प्रस्ताव पारित गरेको हो । यो सँगै संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने छ । 

हाल कम्पनीको चुक्तापूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात् चुक्तापूँजी २५ करोड रुपैयाँ पुग्ने छ ।  काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले देशभर ६० वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । चालु आर्थिक वर्ष २०७८/७९ भित्र थप ६ वटा शाखा कार्यालय सञ्चानलमा ल्याउँने संस्थाको तयारी छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया