हाथवे इन्भेष्टमेन्टले ५० रुपैयाँमै आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा आइएमई क्यापिटल

४ बर्ष अगाडि

काठमाडौं,हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणलाई प्रतिकित्ता ५० रुपैयाँमा साधारण शेयर निष्कासन गर्ने भएको छ । शेयर जारी गर्नका लागि हाथवेले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

आइतबार हाथवे इन्भेष्टमेन्टका तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कुल १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको २९ लाख २५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया