सामलिङ्ग पावर आईपीओ मंगलबार बिहान बाँडफाँड हुदैँ,भाग्मानी ६७ हजार ८९० जनाले मात्र शेयर पाउने

४ बर्ष अगाडि

काठमाडौं, सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ मंगलबार बिहान बाँडफाँड हुने भएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलका अनुसार आईपीओको प्रिअलटमेन्ट गरी स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाइएको छ । बोर्डबाट स्वीकृति पश्चात मंगलबार शेयर बाँडफाँड गरिन लागिएको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिन कार्तिक ८ गतेसम्ममा २२ लाख ६५ हजार ६९८ वटा आवेदन परेको थियो । उक्त संख्याको आवेदनबाट २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेको हो । जुन सर्वसाधारणका लागि माग गरिएको भन्दा ३९.६७ गुणा धेरै हो ।

६७ हजार ८९० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् । यसअनुसार २१ लाख ९७ हजारको हात खाली हुनेछ ।

कम्पनीले कार्तिक ४ गतेदेखि कुल ७ लाख ३० हजार कित्ता साधारण शेयर बिक्री खुला गरेको हो । कुल निष्काशन तथा बिक्री खुल्ला गरिएको शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । यसरी बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

कम्पनीले यस अघि नै आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं ४ र ५ का बासीन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया