काठमाडौं, भृकुटीमण्डपमा भारी छुटमा जुत्ताचप्पल मेला गरिरहेका छ । मेला असोज ९ गतेदेखि सञ्चालन भइरहेको छ । मेला असोज २६ गतेसम्म सञ्चालन हुनेछ । कारोना भाइरसपछिको पहिलो सहुलियत मेलामा नयाँ मोडलका जुत्ताहरूमा समेत ७० प्रतिशतसम्म छुट उपलब्ध हुने जनाइएको छ । यसका साथै, हरेक जुत्ताका वारेन्टी पनि दिइन्छ ।
यसै मेलाका लागि दशैँ लक्षित गरिएर १५ सयभन्दा धेरै नयाँ डिजाइनका जुत्ता चप्पलहरु सार्बजनिक गरिएको छ । समग्रमा ३००० भन्दा बढी आधुनिक डिजाइनका जुत्ता चप्पलहरू रहेका छन् । अहिलेको विषम परिस्थितीलाई मध्यनजर गरी स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालना गरी सञ्चालन गरिएको यस मेलामा पाइने जुत्ताहरूको मूल्य ५ सय रूपैयाँदेखि ३ हजार रूपैयाँसम्मका छन् ।
प्रतिक्रिया