७ हजार ८ सय ९९ जनाको परीक्षण गर्दा ४०८ जनामा संक्रमण, ८ जनाको मृत्यु र निको हुने कति ?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ९९ जनाको परीक्षण गर्दा ४ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै, सोही अवधीमा कोरोना संक्रमणबाट८ जनाको मृत्यु भएको छ । यससँगै कूल मृतकको संख्या ११ हजार ४०७ पुगेको छ । 

यस्तै, सोही अवधीसम्म ५ सय १८ जना संक्रमण मुक्त भएका छ । कूल निको हुनेको संख्या ७ लाख ९१ हजार ७८७ पुगेको छ । 

कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १२ हजार ५ सय ७० र एन्टीजेनबाट ९४ हजार ५ सय ३५ पुगेको छ । नेपालमा हाल १० हजार ३ सय ७६ जना सक्रिय संक्रमित रहेका छन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया