नेप्सेको सिइओ नियुक्ति प्रकृया अघि बढ्यो, कार्तिक २७ गतेसम्म आवेदन गर्न सकिने

४ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सचेन्जमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि अर्थ मन्त्रालयले आवेदन आह्वान गरेको छ। शनिवार एक सूचना प्रकाशित गर्दै अर्थ मन्त्रालयले इच्छुक आवेदनकर्ताबाट आवेदन आह्वान गरेको हो।

मन्त्रालयले कार्तिक २७ गतेसम्म आवेदन गर्न सकिने जनाएको छ। आवेदनकर्ताले पाँच हजार शब्द सम्मको व्यवसायिक कार्य योजना प्रस्तुत गर्नु पर्ने छ। उक्त कार्य योजनाको प्रस्तुति र योग्यताको आधारमा छनौट समितिले तीन जानको नाम सरकार समक्ष सिफारिस गर्ने छ। उक्त सिफारिसबाट एक जनालाई  मन्त्रीपरिषद् बैठकले चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने छ।

प्रमुख कार्यकारी अधिकृत छनौटको लागि अर्थ मन्त्रालयले वित्तीय व्यवस्थापन महाशाखा प्रमुख सहसचिव रमेश कुमार केसीको संयोजकत्वमा छनोट समिति गठन गरेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया