आइतबार पनि शेयर बजारमा हरियाली कायमै, कारोबार रकम पनि बढ्यो

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबार दिन आज (आइतबार) पनि शेयर बजारमा हरियाली देखिएको छ । 

आज नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६१ विन्दुमा पुगेको छ । नेप्से १.९९ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.४६ अंकले बढेर ५३०.४६ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचकसँगसँगै कारोबार रकम पनि बढेको छ । कारोबारमा आएका कूल २३२ वटा कम्पनीको एक करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये बैंक उपसमूहको शेयर मात्र घटेको छ भने बाँकी १२ वटा उपसमूहको सेयर बढेको छ  । 

त्यसैगरी, आइबार आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३१ करोड ५७ लाख १५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

यसैगरी, आज ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । युनाइटेड इन्स्योरेन्स, चन्द्रागिरी हिल्स, सामुदायिक लघुवित्त, हिमालयन उर्जा, लुम्बिनी विकास बैंक र पाँचथर पावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन एभरेष्ट बैंक लिमिटेडको मूल्य सबैभन्दा धेरै घटेको छ । बैंकको सेयरमूल्य ६.५० प्रतिशतले घटेर ६ सय ९१ रूपैयाँमा झरेको हो 

४ बर्ष अगाडि

प्रतिक्रिया