काठमाडौं, कारोबारको पहिलो दिन आइतबार कारोबारमा आएको पहिलो दिन कारोबारको अन्तिम समयसम्म साहस उर्जा कम्पनीको साढे ३ लाख बढी कित्ता शेयर खरिद माग भएको छ ।
कम्पनीको आज ३ लाख ५७ हजार ५७९ कित्ता शेयर खरिदमाग भएको हो भने बिक्री माग शून्य रहेको थियो।
कारोबार सुरु भएको केही समयमा नै कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य रु.४०.५० ले बढेर प्रतिकित्ताको मुल्य रु.४४५.८० पुगेको छ ।
यस्तै, अन्तिम समयसम्म कम्पनीको ६६७ कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ कम्पनीको २ लाख ९३ हजार बराबरको शेयर कारोबार भएको हो ।
प्रतिक्रिया