साउदीले माग्यो नेपाली कामदार, मासिक तलब कति ?

४ बर्ष अगाडि

काठमाडौं - साउदीले नेपाली कामदारको माग गरेको छ । साउदी सहरमा रहेको brilliant gold companylimited कम्पनीले लेवरका लागि ७६ जना पुरुष नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ३१ हजार माथि पाउनेछन् । इच्छुक कामदारले ब्लु बर्ड ओभरसिज प्रालिको कार्यालय कालोपुल काठमाडौंमा कार्तिक २२ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया