काठमाडौं, साताको पहिलो कारोबारको दिन(आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) दोहोरो अंकले बढेको छ ।
कारोबार सुरु भएको एक घण्टामा नेप्से परिसुचक २४.१३ अंकले उकालो लागेर २८०६.२४ को बिन्दुमा पुगेको छ । १२ बजे सम्म शेयर बजार ०.८७ प्रतिशतले बढेको हो ।
सो अवधीसम्म कारोबारमा आएका २१२ कम्पनीको ३४ लाख ७४ हजार १४८ कित्ता शेयर २१ हजार २३ पटकको कारोबारमा२अर्ब २ करोड ३० लाख बराबरको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये १५७ कम्पनीको शेयरमुल्य बढेको छ भने २७ कम्पनीको शेयरमुल्य घटेको छ । ४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
प्रतिक्रिया