काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारमा आएको पहिलो दिनमै नेप्से कारोबार खुलेको केही समयमा नै साहस उर्जा कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.४४५.८० पुगेको छ । आज स्पेशल प्रि ओपनिङ सेसनमा कम्पनीको पहिलो कारोबार रु.४०५.३० मा भएको थियो ।
यस्तै, मार्केट डेपमा कम्पनीको २ लाख ३२ हजार ९३२ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया