स्पेशल प्रि ओपन सेसनमा साहस उर्जा र तेह्रथुम पावरको पहिलो कारोबार कतिमा ?

४ बर्ष अगाडि

काठमाडौं, आज साताको पहिलो कारोबारको दिन (आइतबार) स्पेशल प्रि ओपन सेसनमा साहस उर्जा कम्पनी र तेह्रथुम पावर कम्पनीको पहिलो कारोबार भएको छ।

यस दिन सो सेसनमा साहस उर्जाको शेयर प्रतिकित्ता ४०५ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो भने तेह्रथुम पावरको २५४ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो।

यी दुबै कम्पनीको शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले साहस उर्जा कम्पनीको पहिलो शेयर कारोबारको लागि प्रतिकित्ता न्यूनतम १३५ रुपैयाँ ११ पैसा देखि ४०५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। कम्पनीको शेयर कारोबारको लागि नेप्सेले एसएएचएएस स्टक टिकर दिएको थियो।

त्यसैगरी, तेह्रथुम पावर कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ८४ रुपैयाँ ७४ पैसा देखि २५४ रुपैयाँ २२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। नेप्सले तेह्रथुम पावर कम्पनीको शेयरलाई टिपीसी कारोबार संकेत प्रदान गरेको थियो।


४ बर्ष अगाडि

प्रतिक्रिया