काठमाडौं - विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट निर्माता कम्पनी स्पेस एक्सका सीईओ एलन मस्कको सम्पत्ति ३ खर्ब डलर नाघेको छ । यो सँगै मस्क ३ खर्ब डलर सम्पत्ति हुने विश्व इतिहासकै पहिलो व्यक्ति बनेका छन् ।
बिहिबार टेस्ला कम्पनीको शेयर मूल्यमा भएको तीब्र बढोत्तरीसँगै मस्कको सम्पत्ति एकैदिनमा १० अर्ब डलरले बढेर ३ खर्ब डलरको कोशेढुंगा पार गरेको हो ।
ब्लुम्बर्ग बिलेनियर इन्डेक्स अनुसार बिहीबार मस्कको सम्पत्ति ३ खर्ब २ अर्ब डलर पुगेको थियो । कार भाडामा दिने कम्पनी हर्जले टेस्लासँग १ कार कार खरिद गर्ने विशाल सम्झौता सार्वजनिक भएसँगै टेस्ला कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको हो ।
प्रतिक्रिया