सिभिल लघुवित्तको शेयरमूल्य नेप्सेमा समायोजन, कतिमा खुल्दैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - सिभिल लघुवित्तको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

लघुवित्तको १९ प्रतिशत बोनस शेयर नेप्सेले समायोजन गरेको हो । समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार २०४ रुपैयाँ २९ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यको आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । 

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजा ४३३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

आइतबार सोही मूल्यका आधारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया