राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह आए नेपाल

४ बर्ष अगाडि

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । उनी शनिबार नेपाल आइपुगेका हुन् । 

अब्दुल्लाहले एन्फासँग तीन वर्षको सम्झौता गरेका छन् । कात्तिक १० गते प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई  'मेन्सन' गर्दै सम्झौता नवीकरण गरेको बताएका थिए ।

त्यसपछि अब्दुल्लाह शनिबार अन्तरास्ट्रिय बिमानस्थल झरेका हुन् । अब्दुल्लाहलाई एन्फा केन्द्रीय सदस्यद्वय मधुसुदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गरे । 

यद्यपि एन्फाले तीन वर्षको सम्झौता बारेमा हालसम्म  कुनै पनि आधिकारिक धारणा राखेको छैन । 

४ बर्ष अगाडि

प्रतिक्रिया