मलेसियामा रोजगारीका लागि नयाँ मागपत्र प्रमाणीकरण सुचारु भएको छैन : दूतावास

४ बर्ष अगाडि

काठमाडौं - मलेसियास्थित नेपाली दूतावासले वैदेशिक रोजगारीका लागि नयाँ मागपत्र प्रमाणीकरण सुचारु नभएको बताएको छ । 

कोरोना भाइरस महामारीका कारण मलेसियाले नेपालीसहित विदेशी कामदारको प्रवेशमा लगाएको प्रतिबन्ध हटाइएको बताएपछि लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी खुला भएको आंकलन गरिएको थियोे । 

नेपालस्थित मलेसियन दूतावासले पनि शुक्रबार विज्ञप्तिमार्फत नेपाली कामदारका लागि पनि मलेसिया खुला भएको जानकारी दिएको थियोे । तर मलेसियास्थित नेपाली दूतावासले नयाँ डिमाण्ड प्रमाणीकरण शुरू भएको नभई रोजगारीका लागि मलेसियामा जान भिसा अवधि बाँकी रहेका कामदारका लागि मात्र खुला भएको जानकारी दिएका छन् । 

नयाँ मागपत्र प्रमाणीकरणको प्रक्रिया शुरू गरिएपछि दूतावासले वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सुचना व्यवस्थापन प्रणाली (फेमिस) मार्फत वैदेशिक रोजगार व्यवसायीहरूलाई जानकारी दिइने बताइएको छ । 

कोरोना महामारी आउनु अघि सञ्चालनमा रहेकामध्ये आधाभन्दा बढी म्यानपावर कम्पनीले मलेसिया कामदार पठाउने गरेका थिए । हाल बन्द प्रायः रहेका म्यानपावर कम्पनी मलेसिया रोजगारी खुलेको समाचारसँगै सक्रिय भने देखिन थालेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया