चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्न सक्ने, ८० प्रतिशत बढीले लगाए पूर्ण खोप

४ बर्ष अगाडि

एजेन्सी - चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड–१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्ने बताएका छन् ।

देशका विभिन्न भागमा छिटपुट स मामिला रिपोर्ट गरिएकाले शनिवार चिकित्सको वेबिनारमा बोल्दै महामारी विशेषज्ञ झोङ उक्त टिप्पणी गरेका हुन् । 

कोरोना भाइरस र महामारीलाई छोटो अवधिमा उन्मूलन गर्न सकिँदैन, झोङले अन्य देशलाई कोभिड–१९ विरुद्ध कडा र प्राथमिकताका उपायहरू अपनाउन र सक्रिय रूपमा खोप लगाउन आह्वान गरेका छन् ।

झोङले यस वर्षको अन्त्यसम्ममा ८० प्रतिशतभन्दा बढी चिनियाँ बासिन्दालाई पूर्ण रूपमा खोप लगाइसकिनेमा आफू आशावादी रहेको बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया